२८ मंसीर काठमान्डौ ।लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लोसपा विभाजनको संघारमा पुगेको छ। लोसपामा पूर्वकांग्रेसी र पूर्वसद्भावनाका नेताहरूबीच टकराव बढ्दै गएपछि पार्टी विभाजनको संघारमा पुगेको हो।
लोसपा केन्द्रीय समिति विस्तारलाई लिएर पार्टी अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोबीच विवाद भएको छ, जसले गर्दा गत आइतबारको केन्द्रीय समिति बैठक नै शीर्ष नेताहरूले नै बहिष्कार गरेका छन् । ठाकुर पूर्वकांग्रेस नेता हुन् भने महतो पूर्वसद्भावना नेता हुन् । यी दुवै नेताका बीचमा पार्टी केन्द्रीय समिति विस्तारलाई लिएर विवाद चर्किदै गएको छ। पछिल्लो समय महतो पार्टी कार्यालयसमेत जान छोडेका छन् ।पार्टी अध्यक्ष ठाकुरले ३ सय ११ सदस्यीय केन्द्रीय समिति बनाएका थिए । तर, समितिमा महतो र अर्का नेता अनिल झानिकट कार्यकर्ताले राम्रो ठाउँ पाउन सकेनन् । पूर्वकांग्रेससमेत रहेका अध्यक्ष ठाकुरले पूर्वसद्भावना समूहलाई पेलानमा पारेको बुझाइ महतोको छ। मधेस आन्दोलनमा सक्रिय भएका र पार्टीका वफादार कार्यकर्तालाई बाहिर राखेर केन्द्रीय समिति गठन गरिएको भन्दै महतो र झा असन्तुष्ट छन् ।संस्थापन पक्षले सल्लाहबिनै केन्द्रीय सदस्यहरू बढाउने÷हटाउने गरेकाले महतो पक्षले बहिष्कार गरेको हो । ‘हामीलाई थाहै नदिई पार्टीमा योगदान पु¥याएका साथीहरूलाई हटाइएको छ, मधेस आन्दोलनमा योगदान पुर्याएका व्यक्तिलाई हटाइएको छ,’ महतोले भने। आफूहरूसँग सल्लाह नै नगरी केन्द्रीय समिति विस्तार गरिएको बताउँदै उनले यस’दयगतमा सल्लाह दिँदासमेत सुनुवाइ नभएपछि बैठकमा नगएको बताए ।