२७ मंसीर बर्दिया । वडाका महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यका साथ गुलरिया नगरपालिका वार्ड न ५ ले १० दिने डल कुसन तथा गुडिया बनाउने तालिमको सुरुवात गरेको छ ।
दश दिन सम्म चल्ने सो तालिमको एक समारोहका विच उदघाटन गर्दे वडाध्यक्ष मुमबहादुर मल्लले मानिसलाई अध्ययन सगसगै सिपको पनि आवश्यकता पर्ने र सिपले नै रोजगारीको सृजना गर्ने भएको हुँदा वडाको चालु आर्थिक वर्षको वजेट अनुसार महिलाहरुको लागी डल कुसन तथा गुडिया बनाउने तालिम गरिएको बताउनु भयो ।
तालिमको उदघाटन गर्दे मल्लले आफुले सिकेको सिपलाई व्यवहारमा उतार्नु पर्ने समेत बताउनु भयो । तालिममा वडाका १५ जना महिलाहरुको सहभागीता रहेको अग्रिमा हस्तकला सेन्टरका व्यवस्थापक सागर चापागाईले जानकारी दिनुयभो । तालिमको उदघाटन समारोहमा वडा सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।