२७ मंसिर माठमान्डौ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी र देश दुवै ठीक ढंगले चल्न नसकेको टिप्पणी गरेका छन् । आज बुधबार संस्थापनइतर समूहको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आजको बैठकमा पार्टी देश दुवै ठीक ढंगले नचलेको बारे छलफल भएको बताएका हुन् ।‘नेपाली कांग्रेस ठीक चलिराखेको छैन, देश ठीक चलिराखेको छैन भन्ने कुरा गरेको हो हामीले,’– नेता कोइरालाले भने ।कांग्रेसइतर समूहका महिला पनि मतमतान्तर नरहेको उनले बताए । हिजोको बैठक महामन्त्री गगन कुमार थापा सहभागी हुन नसक्ने भएपछि सारिएको उनले बताए । एजेण्डामा महामन्त्री थापा र आफूबीच एक इन्च पनि फरक नरहेको उनले बताए ।साथै, उनले संस्थापनइतर समूहको बैठकलाई मिडियाहरुले अतिरञ्जित गरेर प्रचार गरेको भन्दै असन्तुष्टि ब्यक्त गरे । मिडियामा आएजस्तो महामन्त्री थापा र आफूमा एजेण्डामा मतभेद नरहेको उनको दाबी छ ।