२५ मंसिर, वीरगंज । वीरगन्जमा २० वर्षकी एक महिलाले एकै पटक ३ सन्तानको जन्म दिएकी छिन् । बाराको कलैया उपमहानगरपालिका वडा नं १६ मझौलियाकी मिन्कुदेवी रामले आइतबार एकै पटक तीन सन्तानको जन्म दिएकी हुन् ।प्रशव पीडाले च्यापेर वीरगंजको श्रीराम अस्पतालमा भर्ना भएकी मिन्कुदेवीको शल्यक्रिया मार्फत तीन सन्तान निकालिएको थियो । स्त्री रोग विशेषज्ञ डा दिप्ती यादबले मिन्कुदेवीको शल्यक्रिययामार्फत सफल रुपमा प्रसूती गराएकी हुन् ।शल्यक्रिया मार्फत जन्मेका तीनै जना शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको स्त्री रोग विशेषज्ञ डा यादबले जानकारी दिइन् । आइतबार जन्मेका तीन सन्तानहरुमा २ जना छोरा र १ छोरी रहेको पनि डा। यादबले जानकारी दिइन् ।