बेपत्ता व्यक्तिका आफन्त अझै पनि न्यायको प्रतिक्षामा

84Shares
बेपत्ता व्यक्तिका आफन्त अझै पनि न्यायको प्रतिक्षामा

२४ मंसीर बर्दिया । द्धन्द्ध कालमा बेपत्ता पारिएका परिवारका आफन्त अझै पनि न्यायको प्रतिक्षामा रहेको बताएका छन । बर्दियाको बारबर्दिया नगरपालिकामा १० मा रहेको कुम्भरअडडा बेपत्तायोद्धा स्मृति स्तम्भ उदघाटन र स्मृति भित्ता शिलान्यास कार्यक्रममा सहभागी वक्ताहरुले बेपत्ताहरु अझै पनि न्यायको पर्खाईमा रहेको बताउदै द्धन्द्धकालमा मानव अधिकारको चरम उल्लघन गर्नेलाई कार्वाहिको माग समेत गरिएको हो ।

डिसेम्वर १० अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजना गरिएको सो कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सभाका संसदिय दलका नेता जोखबहादुर महराले देश परिवर्तनको लागी आफनो ज्यान गुमाएकालाई शहिद घोषणा गरिएको तर वेपत्ता पारिएका आफन्तहरुले न्याय पाउनुपर्ने बताउदै उनिहरुको सम्झनामा निर्माण गरिएको पार्कको संरक्षण आवश्यक भएको बताउनु भयो ।नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एंव लुम्विनी प्रदेश सभाका पुर्व मन्त्री तिलक शर्मा हिमाल , प्रदेश सभा सदस्यद्धय कृष्णाकुश्मा थारु आस्था र राजकुमार थारु, बारबर्दिया नगरपालिकाका निर्वतमान नगर प्रमुख दुर्गाबहादुर थारु कविर , समितिका सल्लाहाकार भक्तबहादुर विक लगायतका वक्ताहरुले द्धन्द्ध कालको समयमा बर्दियामा सबैभन्दा बढी सर्वसाधरण नागरीक वेपत्ता पारिएको हुँदा न्यायका लागी र माफिका लागी बेपत्ता परिवारको धारणा र सुझाव लियर अगाडि बढनुपर्ने बताउनु भएको थियो । कार्यक्रममा सहजीकरण दुर्गाबहादुर विश्वकर्मा अविरलले गर्नुभएको थियो भने सो कार्यक्रममा अखिल नेपाल खेलकुद महासंघ केन्द्रिय उपाध्यक्ष गेहेन्द्रप्रसाद ढकाल , समाजसेवी , बुद्धिजिवि संचारकर्मि लगायतको समेत उपस्थिति रहेको थियो ।बर्दिया जिल्लाका बेपत्ता योद्धाको सम्झनामा यस पार्कमा स्मृति स्तम्भको स्थापना गरीएको कुम्भर अडडा बेपता योद्धा स्मृति पार्क व्यवस्थापन समितीका अध्यक्ष निरन्जन कुमार चौधरीले बताउनु भयो । पार्क निर्माणमा विभिन्न तह तप्काको सहयोग भएको बताउदै स्थानियको धेरै भन्दा धेरै सहयोग भएको चौधरी ले बताउनु भयो ।