निर्माण दिवशको अवशरमा असहाय बालबालिकालाई शैक्षिक सामाग्री वितरण

66Shares
निर्माण दिवशको अवशरमा असहाय बालबालिकालाई शैक्षिक सामाग्री वितरण

२२ मंसीर बर्दिया । निर्माण व्यवसासी संघ बर्दियाले १६ औ निर्माण दिवशको अवसरमा विद्यालयमा अध्ययनरत वालवालिकालाई स्टेशनरी सामाग्री वितरण गरेको छ ।
निर्माण व्यवसायी संघ बर्दियाले बर्दियाको बारबर्दिया नगरपालिका ११ बेलभारमा रहेको असाहाय वालबालिका संरक्षण केन्द्रमा रहेका २५ जना वालबालिकालाई झोला तथा स्टेशनरी वितरण गरिएको जनाएको छ ।१६ औ निर्माण दिवशको अवसरमा सो विद्यालयमा अध्ययनरत बालबालिकाको अध्ययनका लागी आफनो सहयोगले थप केहि सहयोग पुग्ने उदेश्यले २५ जना बालबालिकालाई झोला तथा स्टेशनरी सामाग्री वितरण गरिएको निर्माण व्यवसायी संघ बर्दियाका अध्यक्ष हेमन्त गीरीले बताउनु भयो । सो झोला तथा स्टेशनरी वितरण समारोहमा बारबर्दिया नगरपालिकाका नगर प्रमुख छबिलाल थारु , उप प्रमुख रत्नकुमारी पाण्डे त्यसै गरी निर्माण व्यवसायी महासंघका उपाध्यक्ष बालकृष्ण थापा, लुम्विनी निर्माण व्यवसायी महासंघका महासचिव भेषराज पौडेल लगायत निर्माण व्यवसायी संघ बर्दियाका पदाधिकारी लगायतको समेत उपस्थिति रहेको थियो ।

सो विद्यालयमा असहाय बालबालिका अध्ययनरत रहेका छन । स्थानिय तहका सरकारले संचालन गरेका यस्ता कार्यक्रममा अन्य निकायको निरन्तर सहयोग र समन्वयको आवश्यकता भएको नगर प्रमुख छविलाल थारुले बताउनु भयो । सो विद्यालयमा अध्ययनर बालवालिकाले सो सहयोग पाउदा निकै खुसी भएको विद्यालयका प्र.अ.रामप्रसाद थारुले बताउनु भयो ।