डम्मरबहादुर परियार
२० मंसीर बर्दिया . बारबर्दिया नगरपालिकाकी नगरसभा सदस्यको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका वडा नम्बर ८ की वडा सदस्य समेत रहेकी खम्मा विकको मंगलबार राति निधन भएको हो ।
सदस्यको निधन भएका कारण बुधबार बारबर्दिया नगरपालिकाले मातहतका सबै शाखा र वडा कार्यालय बन्द गरेको छ । विकको हृदयघातका कारण निधन भएको पालिकाले जनाएको छ ।