२० मंसीर काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माविरुद्ध आक्रोश पोखेका छन् ।
ओखलढुङ्गाको प्रथम जिल्ला सम्मेलनमा बोल्ने क्रममा आफू मुख्यमन्त्री हुँदा पार्टीभित्रका केहीलाई नपचेको आरोप लगाए ।महामन्त्री थापा र शर्माप्रति संकेत गर्दै उनले भने, ‘अरुले नै लगिसकेको मुख्यमन्त्री मैले खोसेर ल्याउँदा केही मान्छेलाई पचेन । बोमिट आयो ।’दुई महामन्त्रीप्रति असन्तुष्टि जनाउँदै कार्कीले भने, ‘महामन्त्रीहरुको म्याचुरिटी देखिरहेका छैनौं । अर्कौ समनान्तर विद्रोही कार्यक्रम गर्दै हुनुहुन्छ ।’‘महामन्त्रीले द्वन्द्व व्यवस्थापन गर्ने हो । द्वन्द्व सिर्जना गर्ने होइन’, कार्कीले भनेका छन् ।मुख्यमन्त्री कार्कीले पार्टी सभापति शेरबहादुर देउवाको प्रशंसा गरेका छन् । माओवादीलाई एमालेसँगको सत्ता सहकार्यबाट टुटाउन सभापति देउवा सफल रहेको भन्दै कार्कीले प्रशंसा गरेका हुन् ।देउवा पुन सभापति नहुने भन्दै ‘आउट गोइङ’ सभापतिलाई सम्मान गर्न नेताहरूलाई मुख्यमन्त्री कार्कीले सुझाव दिएका छन् ।कार्कीले भने, ‘शेखर दाइ र गगन जीलाई भन्न चाहन्छु । गोइङ सभापतिलाई सम्मानसाथ विदा गर्नुस् । पार्टीलाई एक ढिक्का बनाएर भोली जनताको कांग्रेस बनाउनुस् ।