सोती हत्याकाण्ड : यी हुन २३ जना जसलाई जन्मकैदको फैसला भयो

786Shares
सोती हत्याकाण्ड : यी हुन २३ जना जसलाई जन्मकैदको फैसला भयो

२० मंसीर रुकुम । रुकुम पश्चिमको सोती घटनामा संलग्न भनी मुद्दा चलाइएका ३४ जनामध्ये २३ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । रुकुम जिल्ला अदालतले मंगलबार थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।
आइतबारदेखि रुकुम जिल्ला अदालतमा जारी सुनुवाइपछि न्यायाधीश खड्ग बहादुर केसीको इजलासले घटनामा संलग्न रहेकामध्ये २३ जनालाई कर्तव्य जन मुद्दामा दोषी ठहर गर्दै गर्दै जन्मकैदको फैसला सुनाएको हो ।
त्यसैगरी ज्यान मुद्दामा प्रतिवादी बनाइएकी मृतक नवराज विककी प्रेमिका, उनकी आमा र उनका भाइलाई भने कर्तव्य ज्यान मुद्दामा सफाइ दिँदै जातीय छुवाछुतमा मात्रै दोषी ठहर गरिएको छ । उनीहरूलाई जनही २ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।यसअघि सर्वोच्च अदालतबाट धरौटीमा रिहाइ भएका ८ जनालाई भने अभियोग दाबीबाट पूर्ण सफाइ दिइएको रुकुम जिल्ला अदालतका श्रेष्तेदार मन्दिरा शाहीले बताएकी छिन् ।घटनामा संलग्नता नपाइएको र थुनामा राख्नुपर्ने स्पष्ट कारण नदेखिएको भन्दै सर्वोच्च अदालतबाट छुटेका तुलाराम घर्ती, डिल्ली घर्ती, क्वापे भन्ने लोकेन्द्र घर्ती, सौरभ पुन, भीम बहादुर बुढा, इन्द्र बहादुर मल्ल, तुल बहादुर मल्ल र दीपेन्द्र चन्दलाई भने सफाइ दिइएको छ ।
रुकुम जिल्ला अदालतले प्रतिवादीहरू तत्कालीन वडा अध्यक्ष डम्बरबहादुर मल्ल तथा अन्य प्रतिवादीहरू डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुनमगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सर्वजित भन्ने सविन पुन, प्रेमिका भनिएकी किशोरीका बुवा तथा उनकी दाइलाई जन्मकैदको फैसला सुनाएको छ ।त्यस्तै तिलक चन्द, इन्द्रबहादुर भन्ने इर्द बहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, बिनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, धनाराज राना, नवीनकुमार घर्ती मगर, विराज पुन मगर, भीमबहादुर पुन, रमित पुन मगर र विष्णु मल्ललाई जन्मकैदको फैसला सुनाइएको हो ।घटनामा संलग्नता नपाइएको र थुनामा राख्नुपर्ने स्पष्ट कारण नदेखिएको भन्दै सर्वोच्च अदालतबाट छुटेका तुलाराम घर्ती, डिल्ली घर्ती, क्वापे भन्ने लोकेन्द्र घर्ती, सौरभ पुन, भीम बहादुर बुढा, इन्द्र बहादुर मल्ल, तुल बहादुर मल्ल र दीपेन्द्र चन्दलाई भने सफाइ दिइएको छ ।

२०७७ जेठ १० गते रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीमा नवराज विकसहित ६ जना किशोर तथा युवाको हत्या भएको थियो । आफ्नी प्रेमिका लिन भनी जाजरकोटबाट रुकुम पश्चिम गएका किशोर नवराज बिक तथा उनका साथीहरूको समूहलाई सोतीका स्थानीय बासिन्दाहरूले कुटपिट गरी सेती नदीमा बगाई हत्या गरेको आरोपमा नेपाल सरकारले ३४ जनालाई मुद्दा चलाएको थियो । ३४ जनालाई प्रतिवादी बनाएर कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको कसुरमा मुद्दा दायर भएको थियो ।