हुम्लामा आइतबार रातिदेखि हिमपात

69Shares
हुम्लामा आइतबार रातिदेखि हिमपात

१८ मंसीर हुम्ला । हुम्लामा हिमपात भएको छ । आइतबार रातिदेखि सुरु भएको हिमपात यो वर्षको पहिलो पटकको हिमपात हो।

हिमपातसँगै हुम्लामा चिसो बढ्दै गएको छ भने तापक्रम माइनसमा झरेको छ।देशका केही भू–भागमा बिहानै वर्षा भइरहेको छ। लुम्बिनी, सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको भइरहेको छ। केही भू–भागमा हिमपात भइरहेको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोशी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहेको छ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।सुदूरपश्चिम र कर्णाली प्रदेशका देशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का हिमपात भइरहेको छ।