१४ मंसीर बर्दिया । बर्दियाको बाँसगढि उद्योग वाणिज्य संघले आयोजना गर्ने भनेको बर्दिया माघि महोत्सवको लागी अनुमति नलिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।
उद्योग वाणिज्य संघ बाँसगढी बर्दियाले आगामी पौष २६ गते देखि माघ ८ गते सम्म छैर्टौ बाँसगढि औद्योगिक , कृषि , पर्यटन व्यापार मेला तथा बर्दिया माघ महोत्सव २०८० आयोजना गर्दै छ यसका लागी जिल्ला प्रशासन बाट अनुमति नलिएको बताइएको छ । विना अनुमति तयार अन्तिम चरणमा भन्दै प्रचार प्रसार तिव्र पारिएतापनि जिल्ला प्रशासन कार्यालय बर्दियाले सो कार्यका लागी उद्योग वाणिज्य संघले हाल सम्म अनुमति नलिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकिय अधिकृत लोकप्रसाद ढकालले बताउनु भयो । महोत्सव संचालनका लागी जिल्ला प्रशासन कार्यालय बाट अनुमति लिनुपर्ने हुन्छ तर उद्योग वाणिज्य संघ बाँसगढिले त्यस्तो अनुमति नलियरनै महोत्सव संचालन गर्ने स्थान छनौट गरी सुरक्षा निकाय संग समन्वय नगरीकन आफना काम अगाडि बढाएको हो । महोत्सवलाई सफल पार्न भन्दै मुल आयोजक समिति र विभिन्न उप समितिहरु पनि गठन गरिएको छ । उद्योग वाणिज्य संघ बाँसगढिका अध्यक्ष बद्रिनाथ बरालले स्थानिय पालिका बाट अनुमति लिएको बताउदै जिल्ला प्रशासनबाट अनुमति नलिएको बताउनु भयो । उहाका अनुसार प्रमुख जिल्ला अधिकारी नभएका कारण अनुमति लिने काम ढिलो भएको बताउनु भयो । महोत्सव संचालनका लागी निमित्त बाटै अनुमति लिन सकिन्छ तर यस विषयमा उद्योग वाणिज्य संघ वाँसगढिले मनपरी गरेको स्थानिय वासीहरुले बताएका छन । तर अनुमति नलियर नै सवै काम गर्ने अन्तिममा आएर अनुमति लिने कार्यले पहुच वालाले जे गर्दा पनि हुँदो रहेछ भन्ने स्पष्ट भएको छ । यसै विच बर्दियामा गुलरिया उद्योग वाणिज्य संघ र बढैयाताल उद्योग बाणिज्य संघले पनि महोत्सवको आयोजना गर्दै छन हाल सम्म गुलरिया र बढैयातालले महोत्सव संचालनको लागी अनुमति लिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।