मैनापोखरका प्रहरी नायव निरीक्षक पवन साउद पक्राउ

60Shares
मैनापोखरका प्रहरी नायव निरीक्षक पवन साउद पक्राउ

१२ बर्दिया । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ६ मैनापोखरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक पवन साउदलाई नियन्त्रणमा लिइएको छ । अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार साउदले लागूऔषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिएका थिए ।आयोगको सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएका टोलीले उहाँलाई मङ्गलबार नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।