किन मारिए रमेश भारतीय नागरिक बाट

783Shares
किन मारिए रमेश भारतीय नागरिक बाट

१२बर्दिया ।भारतीय नागरिकको कुटपीटबाट गुलरिया नगरपालिकाका एक युबकको मृत्यु भएको छ ।
औषधि उपचारका क्रममा उत्पन्न विवादलाई लिएर नेपाल भारत सिमावर्ती लौकाही बजारका भारतीय नागरिकको कुटपीटबाट गुलरिया नगरपालिका–११ डाडालालपुरका ४० वर्षिय रमेश यादवको आइतबार मृत्यु भएको स्थानीयले बताएका छन् ।यता बर्दिया प्रहरीले भने घटनाबारे जानकारी आएलगत्तै भारतीय समकक्षी अधिकारीहरुसंग समन्वय गरी घटना बारे जानकारी लिईरहेको जनाएको छ । मृतकका परिवारका अनुसार सीमावर्ती लौकाही बजारका जलालु खानलगायत करिब १० जनाले यादवलाई लौकाही बजार नजिक निर्घात कुटपिट गरेका हुन ।सिमावर्ती बजार लौकाहीका डाक्टर अतहर खानको मेडिकलमा औषधि उपचारका क्रममा विवाद भएको थियो । त्यही विषयलाई लिएर डाक्टर अतहर खानको औषधि पसलमा विवाद भएको हो ।डाक्टर अतहर खान र उनको बुवा जलालु खानलगायतले निर्घात लठ्ठी र चिर्पटा प्रयोग गरि कुटपिट गरी घाईते भएका रमेशलाई बर्दिया अस्पतालमा उपचारका लागि भर्ना गरिएको श्रीमति प्रमिला यादवले बताईन् ।
बर्दिया अस्पतालबाट थप उपचारका लागि नेपालगन्ज लगिएको थियो । तर, स्वास्थ्य अवस्थामा सुधार नाएपछि थप उपचारका लागि भारतको लखनउमा लगिएको र उपचारको क्रममा आइतबार दिउँसो ४ बजे मृत्यु भएको श्रीमति प्रमिलाको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता डिएसपी तुलसीराम आर्यालले घटना बारे जानकारी आएपछि त्यसबारे बुझिरहेको जनाएका छन् ।