८ मंसीर काठमान्डौ । राजसंस्था फर्काउने अभियानमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई घरमै नजरबन्द गरिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका रिट निवेदन परेको छ ।प्रसाईंका तर्फबाट राजावादी वकिल सुरेन्द्र भण्डारीले आज दिउँसो सर्वोच्च पुगेर निवेदन दर्ता गराएका हुन् । रिटमा प्रत्येक नागरिकले शान्तिपूर्ण रुपमा आफ्ना विचार तथा अभिव्यक्ति राख्न पाउने संविधान प्रदत्त अधिकार कुण्ठित हुनेगरी प्रसाईंलाई घरमा थुनेर राखिएको दावी गर्दै नजरबन्दबाट मुक्त गर्न माग गरिएको छ ।जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय भक्तपुरलाई विपक्षी बनाइएको सो रिटमाथि पर्सि सुनवाई हुने जनाइएको छ ।