युवा संघ काहिँलो छोरा हो, एमाले नै उत्रियो भने के हुन्छ : ओली

66Shares
युवा संघ काहिँलो छोरा हो, एमाले नै उत्रियो भने के हुन्छ : ओली

८ मंसीर काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवा संघ पार्टीको काहिँलो छोरा छोरी भएको बताएका छन् ।शुक्रबार युवा संघको केन्द्रीय समितिको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले बिहीबार काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शनका लागि धन्यवाद दिए ।“राजतन्त्र फर्काउँछु भनेर केही लागेका छन् । युवा संघले रातो टोपी लगाएर मैदानमा उत्रिएकोमा धन्यवाद दिन चाहन्छु,” उनले भने, “देश संकटमा परेको बेला हामी यहाँ छौँ भनेर काँध थाप्यो, धन्यवाद ।”युवा संघले जतिबेला पनि आन्दोलनका लागि तयार हुनुपर्ने ओलीको भनाइ छ ।ओलीले भने, “प्रतिक्रियावादीहरूले चुनावमा भेटौं भन्छन् भने ठिक छ,” ओलीले भने, “सडकमा भेटौं भने मिति तोकेर भिडन्तका लागि युवा संघ तयार छ ।” ओलीको भनाई थियो ।उनले युवासंघले एक झलक देखाएको भन्दै सिंगो एमाले उत्रियो भने के हुन्छ भन्दै प्रश्न गरे ।“यो त एमालेको काहिँलो छोरारछोरी हो । युवा संघले एक झलक देखाएको छ । सिंगो एमाले उत्रियो भने के हुन्छ,” उनले प्रश्न गरे ।