७ मंसीर काठमान्डौ । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बल्खुमा प्रदर्शनको तयारी गरिरहेको छ ।त्यही बेला युवासंघको र्याली बल्खुमा पुगेको थियो । युवा संघले भने तीनकुनेमा प्रदर्शन गर्दै छ ।ढुंगामुढाबाट बल्खु आसपासमा केही संरचनामा क्षति पुगेको छ भने केही बाइक र गाडीमा पनि क्षति पुगेको छ ।अहिले सुरक्षाकर्मीले त्यहाँको स्थिति नियन्त्रणमा लिएको छ । बल्खु क्षेत्रमा थप सुरक्षाकर्मी केन्द्रित गरिएको छ ।एमालेको युवा संघले शक्ति प्रदर्शन गरेर पावर देखाउन खोजेपछि मेडिकल व्यवसायी दुर्गा प्रसाइँका समर्थकले काठमाडौंको बल्खु चोकमा ढुंगा प्रहार गरेका छन् ।बिहीबार बल्खु चोकमा प्रसाइँका समर्थकले युवा संघका कार्यकर्तामाथि ढुंगा प्रहार गरेका हुन् । उनीहरूले मोटरसाइकल र सवारी साधनहरूमा पनि तोडफोड गरेका छन् ।