१ मंसिर, बाँके । जिल्ला प्रहरी बाँकेले खुकुरी प्रहार गरी घाइते बनाएर भागेका एक जना अपराधीलाई गोली हानेर नियन्त्रणमा लिएको छ । बाँकेको जानकी गाउँपालिका ४ मा प्रहरीले गोली चलाएर उनलाई पक्राउ गरेको हो ।बाँकेको कोहलपुर नगरपालिका–११ का ३० वर्षीय आकाश रानालाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो । रानाको खुट्टामा एक राउण्ड गोली लागेको र उनी खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।प्रहरीका अनुसार रानाले तिहारको टीकाको दिन कोहलपुरमा मिनबहादुर विकलाई खुकरी प्रहार गरी गम्भीर घाइते बनाएर भागेका थिए । खोजीरहेको क्रममा जानकी गाउँपालिकामा लुकेर बसेको सूचना पाएपछि प्रहरी उनलाई नियन्त्रणमा लिन पुगेको थियो । उनी भागेपछि प्रहरीले एक राउण्ड गोली चलाएको हो ।