कतारको भिसाले जन्मायो मुगु हत्याकान्ड

63Shares
कतारको भिसाले जन्मायो मुगु हत्याकान्ड

२४ कात्तिक मुगु । दशैको दिन चाडवाडमा सवै रमाइरहेका बेला मुगु छायाँनाथ रारा नगरपालिका–६, मन्दु गाउँमा श्रीदेवी बोहरा छोराछोरीसहित कार्तिक ७ गते नै दसैँको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएकी थिइन् । माइतीबाट टीका लगाइसकेपछि उनी कार्तिक ८ गते बेलुका नै घर फर्किएकी थिइन् तर त्यो रात नै उनिहरुका लागी अन्तिम रात भएको थियो । सोही राति उनीहरुको हत्या गरिएको थियो ।
प्रहरीले १० गते बिहानमात्रै घटनाबारे थाहा पायो । दुई दिनसम्म पनि यता–उता नगरेको र ताला नखोलिएको देखेपछि स्थानीयले घरमा लगाएको ताला तोडे । त्यसपछि भित्र चारै जनाको शव फेला परेको थियो ।
कार्तिक ८ मा मुगुको छायाँनाथ रारा नगरपालिका–६, मन्दु गाउँमा भएको सामूहिक हत्याकाण्डमा संलग्न दुई जनालाई शुक्रबार प्रहरीले सार्वजनिक गरेको छ ।हत्यामा संलग्न सोही नगरपालिकाको–७, पिना घर भइ हाल बाँकेको बैजनाथ गाउँपालिका–१, चिसापानी बस्ने ३१ वर्षीय गोर्खराज शाही ‘काले’ र मन्दु गाउँकै ३१ वर्षीय गोपालबहादुर बोहोरा छन् ।प्रहरीले शाहीलाई कार्तिक २० गते सुर्खेत, वीरेन्द्रनगरको पञ्चकोशी टोलबाट पक्राउ गरेको थियो भने बोहोरालाई शुक्रबार उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।धारिलो हतियारबाट टाउको र घाँटीमा प्रहार गरी हत्या गरिएको अवस्थामा श्रीदेवीसहित छोराछोरीको शव भेटियो । उनका श्रीमान दीपक बोहोरा भने कतारमा थिए । लगत्तै जिल्लाबाट प्रहरी प्रमुख वीरेन्द्र थापाको नेतृत्वमा प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।कार्तिक ११ मा प्रदेश प्रहरी कार्यालयको टोली मुगुमा खटियो । कतारमा रहेका दीपक पनि घटनापश्चात ११ गते घर फर्किए । तालिम प्राप्त कुकुरसहितको टोलीले अनुसन्धान गर्दा एक हप्तासम्म पनि घटनाबारै कुनै ‘क्लु’ पत्ता लागेन । पछि केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीबाट प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीलाई घटनास्थलमा खटाइएको थियो ।विभिन्न कोणबाट अनुसन्धान गरेको प्रहरीले अन्ततः हत्यारामा संलग्नहरु पत्ता लगाएर कारबाहीको दायरामा ल्याएको छ ।घटनाको मुख्य योजनाकार गोपालबहादुर बोहोरा हुन्, जो श्रीदेवीकै मामाका छोरा हुन् । प्रहरीका अनुसार गोर्खबहादुर सानीआमाको श्रीमान हुन् ।यी दुई जना आफन्तले नै श्रीदेवी बोहोराको परिवारको विभत्स हत्या गरे । घटनाको सुरुवात वैदेशिक रोजगारीमा रहेका श्रीदेवीका श्रीमान दीपकको आकर्षक कमाइबाट हुन्छ ।गोपालबहादुर वैदेशिक रोजगारीका लागि कतार गएका थिए । त्यहाँ राम्रो काम नपाएपछि दुई वर्ष बसेर नेपाल फर्किएका थिए । तर, श्रीदेवीका श्रीमान दीपक बोहोराले भने कतारमै राम्रो कमाइ गर्थे ।गोपालले दीपककै कम्पनीमा काम गर्ने गरी आफूलाई समेत भिसा पठाइदिन आग्रह गरे, जुन आग्रह दीपकले अस्वीकार गरिदिए । त्यही विषयलाई गोपालले रिसइबीका रुपमा लिएर परिवारको हत्या गर्ने योजना बनाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।