राजधानीमा १२ वर्षिय बालिका बलात्कृत , ६० वर्षिय बृद्ध पक्राउ

54Shares
राजधानीमा १२ वर्षिय बालिका बलात्कृत , ६० वर्षिय बृद्ध पक्राउ

२४ कात्तिक काठमाडौं । काठमाडौं महानगरपालिका–७ गौरीघाटस्थित मिलन चोकमा १२ वर्षीया बालिका बलात्कृत भएकी छन्। बलात्कार आरोपमा प्रहरीले ६० वर्षीय वृद्धलाई पक्राउ गरेको छ।नाबालिकालाई बलात्कार गरेको कसुरमा पक्राउ पर्नेमा गौरीघाट नै बस्ने ६० वर्षीय तारानाथ दुलाल रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुलालविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ। गत असोज १९ गते साँझ दुलालले १२ वर्षीया बालिकालाई आफ्नो घरको कोठामा लगेर बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।असोज १९ गते साथीहरुसँग खेल्न भनेर १२ वर्षीया बालिका घरबाट बाहिर निस्केकी थिइन्। त्यही बेला दुलालले कोठामा लगेर बलात्कार गरेको आरोप लागेको छ।असोज २६ गते स्कूलबाट कोठामा फर्कने क्रममा पुनः ६० वर्षीय दुलालले आफ्नो कोठामा लगेर बलात्कार गरेको बताइएको छ।
२ पटकसम्म दुलालबाट बलात्कार भएपछि पीडित बालिकाले रुँदै आमालाई उक्त कुरा बताएकी थिइन्। त्यसपछि उनीहरुले प्रहरीमा जाहेरी दिएका थिए।असोज २६ गते पीडित बालिकालाई बलात्कार गरेको दुलालले स्वीकार गरेका छन्। ‘असोज २६ गते दिउँसो साढे १२ बजेतिर उनी मेरो घर आएकी थिइन्। घरमा कोही थिएनन्। त्यसैको मौका पारी मैले उनलाई बलात्कार गरेको हुँ,’ दुलालले बयानमा भनेका छन्।