२४ कात्तिक जाजरकोट । देशका विभिन्न अस्पतालमा उपचाररत भूकम्पका घाइतेमध्ये २ सय ८३ जना डिस्चार्ज भएका छन्। विहिवार १२ बजेसम्मको विवरणअनुसार अब ८९ जना घाइते उपचारमा रहेको नेपाल प्रहरीले जानकारी दिएको छ।तीमध्ये ट्रमासेन्टर काठमाडौँमा १ जना, त्रिवि शिक्षण टिचिङ महाराजगन्जमा १० जना, भेरी अस्पताल नेपालगन्जमा ४५ जना, प्रदेश अस्पताल सुर्खेतमा २१ जना र जाजरकोट जिल्ला अस्पतालमा १२ जना उपचाररत छन्।घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर, ४२ जनाको अवस्था मध्यम र ३९ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।जाजरकोट भूकम्पमा परी १५३ जनाको मृत्यु भएको छ भने करोडौँ मूल्य बराबरको भौतिक संरचना क्षति भएको छ।