२४ कात्तिक काठमान्डौ । प्रचन्ड कुटनितिक हिसावले अगाडि देखिन्छन बाहिर अन्य पार्टिहरु संग समन्वय गरी अगाडि बढन सक्ने क्षमता पनि छ , जिन्दगीमा धेरै कुराको अनुभव राखेका प्रचन्डले त्यसै भनेका छैनन जनयुद्ध दवाउन खोजीयो चिहान बनाइयो यसको गम्भिरता बुझन जरुरी छ त्यसमा पनि आजका युवा पुस्ताले यसलाई बुझनै पर्छ प्रधानमन्त्री तथा नेकपामाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले जनयुद्धलाई कसैले दबाउन नसक्ने बताएका छन्।
बिहीबार एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्धलाई जति दबाउन खोजे पनि पटक–पटक उठिराख्ने बताएका हुन्।मैले यो पटक प्रधानमन्त्री भएपछि पृथ्वी जयन्तीको दिनलाई पनि बिदा दिने निर्णय गराएँ। मानिसहरूलाई त के गर्यो प्रचण्डले भन्ने पनि लाग्छ,उनले भने, तर नेपालको इतिहासमा त्यो ऐतिहासिक परिघटना थियो। जसले आधुनिक नेपाल निर्माणको प्रक्रियामा एउटा कोसेढुंगाको भूमिका खेल्यो।जनयुद्धु दिवस भनेर अहिले निकै ठूलो टीकाटिप्पणी हुने गरेको उनले बताए।ऐतिहासिक भौतिकवादी हुनुका नाताले भौतिक ढंगले त्यसलाई सम्मान गर्नु हाम्रो कर्तव्य हो भन्ठाने मैले। अरूले सकेका थिएनन्। धेरै भए प्रधानमन्त्री शान्ति सम्झौतापछि। कुरा त गर्थे तर कसैले आँट गरेका थिएनन्। मैले आँट गरेँ। यो आँट गरेकोमा सबैले ठीकै माने कसैले विरोध गरेनन्। तर मैले अर्को पनि गरेँ जनयुद्ध दिवस भनेर त्यसको चाहिँ अहिले निकै ठूलो टीकाटिप्पणी हुने गरेको छ,ु उनले भने।उनले भने नेपालमा अहिले यो अवस्थामा ल्याउनुमा माओवादीको भुमिका रहेको हुदा जनयुद्धलाई दबाउन कुनै पनि हालतमा नसकिने बताएका हुन । जनयुद्धलाई चिहान बनाएपनि यो पछि उठने बताए । किनभने हजारौं मान्छेहरूले आफूखुसी बलिदान गरेको आन्दोलनलाई कसैले दबाएर अहिले एकछिन दबाइयो भने पनि फेरि उठ्छ त्यो। कार्ल मार्क्सले भन्नुभएको थियो, महान उद्देश्यको निम्ति समर्पित भएर त्याग गर्ने सहिदहरू कहिल्यै मर्दैनन्। अहिले एकछिन दबाइएर चिहानमा पुरिए पनि चिहानबाट फेरि ती जाग्छन्। र जिउँदा मान्छेका निम्ति प्रेरणा भएर फेरि आउँछन्। ती हजारौं सहिदहरू कहिल्यै पनि दबिने छैनन्।’ प्रचन्डले जनयुद्ध आवश्यकता अनुसार नै भएको बताएका छन । धरै आशा र भरोस हजारौको बलिदान बाट प्राप्त भएको यो व्यवस्थालाई ल्याउनका लागी गरिएको जनयुद्ध त्यस समयको लागी आवश्यकता थियो। बृहत शान्ति सम्झौता भएपछि खुल्ला राजनितिमा आएको पार्टि माओवादीलाई जनयुद्ध भन्ने शव्दबाट विबादको सृजना गरिएको थियो जसले यो व्यवस्थाई स्वीकारी रहेको थिएन । माओवादीलाई फुटाएपछि तहस नहस हुन्छ पार्टि पनि विलाउनछ र सधैका लागी जनयुद्ध भन्ने शव्द पनि हटछ भन्ने केहि यथास्थितिवादिहरुको प्रभावका कारण पार्टि फुटेको समेत थियो ।
तर आफनो अस्तित्व जोगाउदै अगाडि बढिरहेको माओवादीले थालेको जनयुद्ध आवश्यकता थियो र त्यो जनतालेनै गरेका हुन भन्ने विषयमा केहि राजनितिक दलहरुले अझै पनि स्वीकारेका छैनन यसले जनतामाथिको घात भन्ने गरिएको छ । पार्टि फुटदै जादा जनयुद्धको शव्द पनि हराउदै जाने होकि भन्ने चिन्ता हुनु स्वभाविक पनि हो तर पार्टि छोडेर गएका हरुले पनि जनयुद्ध भएकै हो र यो अवस्था ल्याउनका लागी लागी जनताले गरेको जनयुद्ध हो भन्ने निकष्र्षमा पुगेपछि प्रचण्डलाई केहि राहत भएका हो जसका कारण प्रचण्डले भनेका हुन सक्छन जनयुद्धलाई कसैंले दवाउन सक्दैन ।