रास्वपाकी सांसदले जाजरकोटमा रमिता देखाइन्, भत्किएका घरमा मोडलिङ !

792Shares
रास्वपाकी सांसदले जाजरकोटमा रमिता देखाइन्, भत्किएका घरमा मोडलिङ !

२० कात्तिक जाजरकोट । प्रतिनिधिसभाकी उप–सभामुख तथा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी समानुपातिक सांसद ईन्दिरा राना मगरले भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा गएर फोटो सेसन गरेकी छिन् ।रास्वपाकी सांसद समेत रहेकी उप–सभामुख रानाले रमाइलो गर्न आफूलाई भूकम्प प्रभावित क्षेत्रमा पुर्‍याएको जस्तो उनले राखेका तस्बिरहरूले देखाएका छन् ।

रानाले भूकम्प पीडित र भूकम्पबाट भत्किएका घरहरूलाई मजाक बनाएकी छिन् ।रानाले आइतबार राति सामाजिक सञ्जालमा ती तस्बिरहरू राखेकी छिन् । उनले भूकम्पबाट भत्किएका घरहरूमा एक्लै उभिएर तस्बिर खिचाएकी छिन् ।कुनै ठाउँमा आफ्नो सुरक्षाअंग पीएसओलाई पनि साथमा राखेर तस्बिर खिचाएकी छिन् । उनले भूकम्पबाट तनाबमा परेका बालबालिकालाई साथमा राखे हाँसेर तस्बिर खिचाएकी छिन् ।भूकम्पबाट १ सयभन्दा धेरै मानिसहरूको मृत्यु भएको छ ।करोडौंको क्षति भएको छ । देश शोकमा छ । तर रानाको फोटो सेसनले मन दुखाएको पिडितको भनाई छ ।