विश्वकप क्रिकेट : पाकिस्तानको सेमिफाइनल यात्रा कायमै

42Shares
विश्वकप क्रिकेट : पाकिस्तानको सेमिफाइनल यात्रा कायमै

१९ कात्तिक भारत । वर्षाले प्रभावित बनेको खेलमा पाकिस्तानले न्युजिल्याण्डलाई डीएलएस मेथडका आधारमा २१ रनले पराजित गरेको छ । पाकिस्तानको पालीको २६ औँ ओभरमा वर्षाले खेल रोकिएपछि डीएलएस मेथडका आधारमा विजेता चयन गरिएको हो । यो जित सगै पाकिस्तान सेमिफाइनलको यात्राका लागी आफुलाई कायमै राखेको छ ।पाकिस्तानले फखर जमानको शतक र कप्तान बाबर आजमको अर्धशतकको मद्दतले २५.३ ओभरमा १ विकेटको क्षतिमा २ सय रन बनाएको थियो । जमानले ८१ बलमा १ सय २६ रनको विस्फोटक पाली खेले । उनले ८ चौका र ११ छक्का हिर्काए । बाबरले ६३ बलमा ६६ रन बनाए । उनले छ चौका र २ छक्का प्रहार गरे ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ४ सय १ रन बनाएको थियो । एकदिवसीय विश्वकपमा न्युजिल्याण्डले बनाएको यो सबैभन्दा ठुलो योगफल हो । ।जीतपछि पाकिस्तान नेट रन रेटका आधारमा अफगानिस्तानलाई उछिनेर पाँचौ स्थानमा उक्लिएको छ । तर अफगानिस्तानले एक खेल कम खेलेको छ । न्युजिल्याण्ड र पाकिस्तानको समान ८–८ अंक भए पनि न्युजिल्याण्ड चौथो स्थानमा कायम छ ।