जाजरकोटमा अझै पनि भुकम्पको धक्का

78Shares
जाजरकोटमा अझै पनि भुकम्पको धक्का

१९ कात्तिक जाजरकोट । जाजरकोटमा फेरि ४ म्याग्निच्युडको भूकम्पको धक्का मापन गरिएको छ । आइतबार बिहान १ बजेर २२ मिनेटमा रामीडाँडा आसपास केन्द्रविन्दु भएको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।आइतबारै बिहान ४ बजेर ५३ मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएको ३.८ म्याग्निच्युडको धक्का मापन गरिएको केन्द्रले जानकारी गराएको छ ।
शुक्रबार राति ११ बजेर ४७ मिनेटमा रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पका कारण भौतिक संरचना भत्कँदा जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ ।त्यसयता चार म्याग्निच्युडदेखि माथिका ६ परकम्प मापन गरिएको केन्द्रले जनाएको छ । यीमध्ये ‘ठूलो’ परकम्प शनिबार बिहान ४ बजेर १६ मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएको ४.६ म्याग्निच्युडको धक्का थियो ।केन्द्रका अनुसार ६.४ म्याग्निच्युडको भूकम्पपछि शुक्रबारै राति १२ बजेर ८ मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएको ४.५, सोही राति १२ बजेर २९ मिनेटमा जाजरकोटमै ४.२, शुक्रबारै राति १२ बजेर ३५ मिनेटमा जाजरकोटमै ४.३ म्याग्निच्युडको परकम्प मापन गरिएको थियो ।यस्तै, जाजरकोटमै शनिबार बिहान ४ बजेर १६ मिनेटमा ४.६ र शनिबार दिउँसो ३ बजेर ४० मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएको ४.२ र आइतबार बिहान १ बजेर २२ मिनेटमा जाजरकोटमै ४ म्याग्निच्युड परकम्प मापन गरिएको केन्द्रले जनाएको छ ।शुक्रबार रातिको ६.४ म्याग्निच्युडको भूकम्पपछि हिजो बेलुका ६ बजेसम्म कुल २११ परकम्प मापन गरिएको खानी तथा भूगर्भ विभागले जानकारी गराएको छ ।