१८ कात्तिक बाँके । जाजरकोट र रुकुममा भुकम्पमा परी घाइते भएकाहरुको नेपालगञ्जमा उपचार भैरहेको छ । भेरी अञ्चल अस्पतालमा अहिले जाजरकोटका २६ जना रुकुमका ६ जना गरी ३२ जनाको उपचार भैरहेको जिल्ला प्रशासन कार्यालय बाँकेले तोकेको फोकस पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
यसै विच घाइतेहरुको अवस्था बुझन पुर्व उप सभामुख पुर्ण कुमारी सुवेदी भेरी अञ्चल अस्पताल पुग्नु भएको छ ।
साथै उहाले घाइतेको अवस्थाको विषयमा जानकारी लिदै धैर्यदा अपनाउन आग्रह गर्दै नेपाल सरकारले अव राहत र व्यवस्थापनको विषयमा गम्भिर भएर लाग्ने बताउनु भयो ।