१८ कात्तिक काठमान्डौ । उप प्रधानमन्त्री एंव गृहमन्त्री नारायणकाजि श्रेष्ठको अध्यक्षतामा भुकम्प पिडितको उद्धार उपचार र राहतबारे आवश्यक निर्णय लिन आकस्मिक बैठक सुरु भएको छ । १० वजेबाट गृह मन्त्रालयमा सुरु वैठकमा स्वास्थ्य मन्त्रालय , परराष्ट मन्त्रालय, प्रधानमन्त्री कार्यालय , भौतिक योजना मन्त्रालय , संघिय मामिला मन्त्रालय नेपाली सेना र मातहतका सुरक्षा तथा उद्धार निकायको प्रतिनिधित्व छ । सुक्रवार राती जाजरकोटको बारेकोट गाँउपालिका १ रामिडाडा केन्द विन्दु बनाई भुकम्प गएको थियो । भुकम्पले जाजरकोट र रुकुम पश्चिमका कतिपय ठाउमा अकल्पनिय मानविय र भौतिक क्षति भएपछि सुरक्षा संयन्त्रहरु राति देखि नै उद्धारमा जुटेका छन । गृहमन्त्रालयले नेपाली सेनाको हेलिकप्टरमा प्राँरम्भिक राहत सामाग्री पठाइसकेको प्रवत्ता नारायण भटराइले बताएका छन । नेपाली सेना , नेपाल प्रहरी र शसस्त्र प्रहरी बलका जाजरकोट पश्चिम रुकुम पुर्वि , रुकुम रोल्पा, सुर्खेत, बाँके र दागका टोलीहरु उद्धारमा खटिएका छन । ति जिल्लाका मेडिकल टिमहरु समेत घटनास्थलमा पुगीसकेका छन । सुरक्षा निकायले स्थानिय मेडिकल टिमका अतिरिक्त शसस्त्र प्रहरी अस्पताल विर अस्पताल र सैनिक अस्पतालबाट गरी ११ जनाको मेडिकल टोली विहानै स्काई ट्रक मार्फत घटनास्थलहरुमा पुगीसकेको छ । उप प्रधानमन्त्री एंव गृहमन्त्री नारायणकाजि श्रेष्ठले उद्धार र उपचारमा कुनै कमि हुन नदिन निरन्तर समन्वय गर्दै आवश्यक निर्देशन दिइरहनुभएको र पछिल्लो अपडेट अनुसार जाजरकोटमा ९२ जनाको मृत्यु तथा ७० जना घाइते पश्चिम रुकुममा ४० जनाको मृत्यु तथा ८५ जना घाइते भएको जानकारी नेपाल प्रहरी र शसस्त्र प्रहरीका प्रवत्ताहरुले दिनुभएको छ । नेपाल प्रहरी प्रबत्ता कुवेर कठायत र शसस्त्र प्रहरीका राजेन्द्र खडकाले भौतिक क्षतिको विवरण एकिन भैनसकेको बताउनु भयो ।