१८ कात्तिक जाजरकोट । शनिबार विहानै स्वास्थ्यकर्मीको टोलीसहित भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका प्रधानमन्त्री प्रचण्डले प्रभावित क्षेत्रको अनुगमन गरिरहेका छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल जाजरकोट जिल्ला अस्पताल पुगेका छन्। भूकम्पबाट घाइते भएकाहरुलाई भेट्न दाहाल शनिबार जाजरकोट जिल्ला अस्पताल पुगेका हुन्।
प्रमुख जिल्ला अधिकारीसँग क्षतीको विवरण लिएर दाहालले अहिले स्थलगत अवलोकन गरिरहेका छन्।स्वास्थ्यकर्मीको टोली र आवश्यक उद्धार सामग्रीसहित प्रचण्ड भूकम्प प्रभावित क्षेत्र पुगेका प्रधानमन्त्री अनुगमन र उद्धारमा अटिएको प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । उनका अनुसार सुर्खेत लगायत छिमेकी जिल्लाहरूबाट खोज तथा उद्धार लागि पनि तीनवटै निकायका थप सुरक्षाकर्मीहरू पनि परिचालन गरिसकेको छ।