भूकम्प अपडेट : मृतकको संख्या १२८ पुग्यो, प्रधानमन्त्री जाजरकोटमा

87Shares
भूकम्प अपडेट : मृतकको संख्या १२८ पुग्यो,  प्रधानमन्त्री जाजरकोटमा

१८ कात्तिक जाजरकोट । जाजरकोटमा गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या बढ्ने क्रममा रहेको छ ।

जाजरकोट र रुकुम पश्चिममा गरी १२८ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जाजरकोटमा ९२ र र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ जाजरकोटमा ७० र रुकुम पश्चिममा ८५ गरी १५५ जना घाइते भएका छन् । रोल्पामा थप एकजना घाइते भएका छन् । मृतक र घाइतेको सख्या बढने क्रममा रहेको छ । जाजरकोटका अस्पतालहरुले घाइतेहरुको उपचार गर्न समस्या आइपरेको जनाएको छ । घाइते र मृतकको सख्या बढदै गएका कारण थेग्न समस्या भएको बताएका छन । यसै विच प्रधानमन्त्री प्रचण्ड जाजरकोट पुग्नु भएको छ । स्वास्थ्यकर्मि सहित पुग्नु भएका प्रचण्डले उद्धार तथा उपचारमा कुनै कमि हुन नदिने बताएका छन ।बारेकोट गाउँपालिका १, रामीडाँडा केन्द्र विन्दु बनाई ६।४ म्याग्निच्युडको भूकम्प गएको थियो ।