स्वास्थ्यकर्मी सहितको टोली लिएर प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रमा

42Shares
स्वास्थ्यकर्मी सहितको टोली लिएर प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रमा

१८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गरेका छन् ।नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री प्रचण्ड जाजरकोट प्रस्थान गरेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
जाजरकोटको बारेकोट केन्द्रविन्द्र भएर राति पौने १२ बजे गएको भूकम्पले नलगाड नगरपालिका, रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा बढी क्षति भएको छ ।भूकम्पमा परी दुई जिल्लामा ६० जना बढीको मृत्यु भइसकेको छ ।