भुकम्पमा परी नलगाढ नगरपालिका उपप्रमुखको निधन

72Shares
भुकम्पमा परी नलगाढ नगरपालिका उपप्रमुखको निधन

१८ कात्तिक जाजरकोट । जाजरकोट केन्द्र विन्दु भएर गएको भुकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको छ । सदरमुकाम खलंगामा सिंह बसेको घर भत्किँदा उनको निधन भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाले जानकारी दिए ।‘उद्धार गरेर अस्पताल पठाउँदै गर्दा बाटोमा नै उहाँको मृत्यु भएको हो,’ रोकाले भने । सिंह गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट उपप्रमुख पदमा निर्वाचित भएकी थिइन् । उनका अनुसार जिल्ला अस्पतालमा हालसम्म ११ जनाको मृत्यु भएको पुष्टि भएको छ । थप शव अस्पताल ल्याउने काम भैरहेको बताइएको छ ।