रुकुममा १८ र जाजरकोटमा १० जनाको मृत्यु , मृतकको संख्या अझै बढने

78Shares
रुकुममा १८  र जाजरकोटमा  १० जनाको मृत्यु , मृतकको संख्या अझै बढने

१८ कात्तिक जाजरकोट । जाजरकोट भूकम्पमा परी हालसम्म २८ जनाको मृत्यु भएको बताइएको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटका अनुसार भेरी नगरपालिकामा दुई जना, नलगाढ नगरपालिकामा ४ जना, कुशे गाउँपालिकामा ४ जना गरि १० जनाको मृत्यु भएको स्थानीयले प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएका छन् ।

भूकम्पको केन्द्रविन्दु रहेको बारेकोट गाउँपालिकामा भएको क्षतिको विवरण प्राप्त हुन सकेको छैन । त्यहाँको सबै सम्पर्क विच्छेद भएको जाजरकोटका सिडिओ सुरेश सुनारले बताए । जाजरकोटमा यतिबेला प्रहरीको सञ्चारसेटले पनि काम गरेको छैन । मानविय क्षेतिको सख्या बढने सक्ने बताइएको छ । यसै गरी रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा १८ जनाको मृत्यु भएको छ । पालिकाको ११, १२, १३ र १४ वडामा मानविय क्षती बढि भएको प्रशासनले जनाएको छ । अन्य क्षेत्रको क्षतिको विवरण आएको छैन । मृतकको सख्या बढने बताइएको छ ।