प्रधानमन्त्री आज बुटवल जाने

72Shares
प्रधानमन्त्री आज बुटवल जाने

१६ कात्तिक काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार बिहान बुटवल जाँदै छन्। विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री बुटवल जान लागेका हुन्।उनले बिहान ११ बजे बुटवलको आम्दा अस्पतालमा भौतिक संरचनाको शिलान्यास गर्नेछन्। लगत्तै दिउँसो १ बजे माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका नेताहरूसँग छलफल गर्ने पार्टीका बुटवल नगर अध्यक्ष महेन्द्र भुसालले जानकारी दिए।दिउँसो २ बजे उनले पार्टीका विभिन्न जन वर्गीय संगठनका अगुवा तथा केन्द्रीय सदस्यलाई प्रशिक्षण दिने कार्यक्रम तय भएको छ। कार्यक्रम बुटवलको कालिकानगरस्थित एसियन होटेलमा हुनेछ।