चार दिने औपचारिक भ्रमण सकेर न्युयोर्क फर्किए गुटेरेस

63Shares
चार दिने औपचारिक भ्रमण सकेर न्युयोर्क फर्किए गुटेरेस

१५ कार्तिक काठमान्डौ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने औपचारिक भ्रमण सकेर आज फर्किँएका छन् । महासचिव गुटेरेस आज कतार एयरवेजको विमानबाट दोहा प्रस्थान गरेका हुन् ।गत आइतवार बिहान नेपाल आएका गुटेरेसले ऐतिहासिक, पुरातात्विक, धार्मिक तथा पर्यटकीय स्थलहरु पाटन दरबार स्क्वायर, सगरमाथा आधार शिविर, अन्नपूर्ण बेसक्याम्प, गौतमवुद्धको जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गर्नुका साथै प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गरे ।भ्रमण अवधिमा उनले राष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षका साथै विभिन्न दलका शीर्ष नेतासँग पनि भेट गरे । नेपालको संसदलाई सम्बोधन गर्ने पहिलो राष्ट्रसंघीय महासचिव बन्नु भएका महासचिव गुटेरेसले नेपालको शान्ति प्रक्रिया टुंगोमा पु¥याउन राष्ट्रसंघले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।यसका साथै जलवायु परिवर्तनले गर्दा नेपालले भोगिरहेको नकारात्मक प्रभावको क्षतिपूर्ती विकसित मुलुकबाट पाउनुपर्ने उनको जोड रहेको छ । महासचिव गुटेरसको भ्रमणले जलवायु परिवर्तनको असर न्युनिकरण तथा जलवायु परिवर्तनको शिकार भएवापत पाउनु पर्ने सहयोगका लागि नेपालको लबिङ पुग्ने अपेक्षा गरिएको छ ।