शिक्षक हत्यामा संलग्नको आशंकामा तीन जना पक्राउ, सुन तस्करीसँग जोडेर अनुसन्धान सुरु

54Shares
शिक्षक हत्यामा संलग्नको आशंकामा तीन जना पक्राउ, सुन तस्करीसँग जोडेर अनुसन्धान सुरु

१३ कात्तिक बारा । बाराको कलैयास्थित बाल एकता इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको हत्या प्रकरणमा ६० किलो सुन तस्करीसँग जोडेर हेर्न थलिएको छ ।बारा प्रहरीले उनको हत्या आशंकमा तीन जनालाई पक्राउ गरेपछि सुन प्रकरणसँग जोडेर अनसन्धान शुरु गरेको छ । ‘उनको हत्यामा प्रहरीले ६० किलो सुन तस्करीसँग जोडेर अनसन्धान शुरु गरेको छ, उनको आफन्तहरुको दुई–तीन वटा सुन पसल छन्’, प्रहरी उच्च स्रोतले भन्यो ।प्रहरी स्रोतका अनुसार पक्राउ परेका एक जनालाई जिल्ला प्रहरी कार्यालय ल्याइसकिएको र अन्य दुई जनालाई पक्राउ गरेर ल्याउँदै लागिएको छ । ‘मुख्य योजनाकारसहित तीन जनालाई पक्राउ गरिएको छ,एक जनालाई पक्राउ गरेर प्रहरी कार्यालयमा ल्याइसकिएको छ । अन्य दुई जनालाई पक्राउ गरिसकिएको छ’, प्रहरी उच्च स्रोतले भन्यो ।पक्राउ परेका नाम भने प्रहरीले गोप्य राखेको छ । दुई वटा मोटरसाइकलमा आएको अज्ञात समूहले उनीमाथि सोमबार दिउँसो गोली प्रहार गरेको थियो । उपचारका क्रममा उनको वीरगन्जस्थित बयोधा अस्पतालमा निधन भएको थियो ।

रुपेशलाई सीमा पारीबाट आएकाहरुले ५ राउण्ड गोली लहानी हत्या गरेका थिए । गोली लागेलगत्तै उपचारका लागि उनलाई कलैया अस्पताल लगिएको थियो । तर, उपचार सम्भव नभएपछि फेरि बयोधा अस्पताल पु¥याइएको थियो ।त्यहाँबाट पनि काठमाडौं रेफर गर्ने तयारी हुँदाहुँदै चिकित्सकहरुले मृत घोषित गरेका थिए । मृतक सर्राफको कलैया बजारमा दुई वटा सुन पसल पनि थियो । पसल उनका दाजु भोला सर्राफले चलाउँदै आएका थिए । ६० किलो सुन तस्करीमा पक्राउ परेका शिव सर्राफ उनका आफन्त रहेका थिए ।