रानीमहल दरबार नजिकै जिप पल्टिदा ६ जनाको मृत्यु

60Shares
रानीमहल दरबार नजिकै जिप पल्टिदा ६ जनाको मृत्यु

५ कात्तिक पाल्पा । पाल्पाको तानसेन रानीमहल सडक खण्डको रानीमहल दरबार नजिकै जीप दुर्घटना भएको छ । दुर्घटनामा परी ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन् ।दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन्। घाइतेको उद्धार गरी उपचारको लागि अस्पताल लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका इन्चार्ज प्रहरी नायब निरीक्षक राजकुमार चापागाईले जानकारी दिए। ज्यान गुमाउनेको परिचय भने नखुलेको प्रहरीले जनाएको छ ।बाग्मती प्रदेशको ७२०९ नम्बरको जीप दुर्घटनामा परेको हो । अहिले घटनास्थलमा अस्थायी प्रहरी चौकी रानीघाट, जिल्लाबाट गएको प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्दारमा खटिएको छ । दुर्घटना अफ्ट्यारो खोचमा भएकाले उद्दारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।घटनास्थल अत्यन्त अप्ठ्यारो स्थानमा रहेको र दुर्घटनामा परेकाहरुको उद्धार गर्न कठिन भइरहेको प्रहरीले जनाएको छ। गाडीमा कति जना यात्रु थिए भन्ने खुलिसकेको छैन। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।