इन्सपेक्टर वा असई हुन चाहनेका लागी अवसर

84Shares
इन्सपेक्टर वा असई हुन चाहनेका लागी अवसर

४ कार्तिक काठमान्डौ । नेपाल प्रहरीमा जागीर खानेहरका लागी साढे तीन सय भन्दा बढी संख्यामा भर्ना खुलेको छ । नेपाल प्रहरीले प्रहरी निरीक्षक इन्सपेक्टर पदमा ९६ जना र प्रहरी सहायक निरीक्षक असई पदमा २६० जनाका लागि भर्ना खुलेको हो ।
दरखास्त फारम दर्ता मिति कात्तिक १९ गतेदेखि मंसिर २९ गतेसम्म तोकिएको छ । प्रहरी निरीक्षक पदको हकमा अनलाइनमार्फत् र प्रहरी सहायक निरीक्षक पदको हकमा सार्वजनिक बिदाको दिनबाहेक कार्यालय समयभित्र दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालय नक्शालले जारी गरेको सूचनामा जनाइएको छ ।