नटबोल्ड कस्ने क्रममा चिप्लिएर चौधरीको मृत्यु

51Shares
नटबोल्ड कस्ने क्रममा चिप्लिएर चौधरीको मृत्यु

२ कात्तिक हुम्ला । हुम्लामा बलीब्रिज निर्माणमा संलग्न एक कामदारको मृत्यु भएको छ । जिल्लाको सरिसल्लामा निर्माणाधीन बेलीब्रिजको नटबोल्ड कस्ने क्रममा चिप्लिएर बाराको कोलबी नगरपालिका–६ सनबार घर भएका २० वर्षीय सुरेश चौधरीको मृत्यु भएको हो ।

चौधरी मंगलबार नटबोल्ड कसिरहेको अवस्थामा पुलको ड्यामबाट चिप्लिएर टाउको र ढाडमा चोट लागेर गम्भिर घाइते भएका थिए ।
चौधरीको स्थानीय मेडिकलमा उपचार पश्चात थप उपचारका लागि बाजुरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हुम्ला प्रहरी प्रमुख डीएसपी भिमलाल भट्टराईले जानकारी दिए ।