चिनमा रहेका उप प्रधानमन्त्रीलाई ‘माइल्ड हर्ट अट्याक’

90Shares
चिनमा रहेका उप प्रधानमन्त्रीलाई ‘माइल्ड हर्ट अट्याक’

असोज २ गते काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा उपचाररत छन् । चीन भ्रमणमा रहेका उनलाई छाती दुखेपछि स्थानीय समयानुसार बिहीबार राति करिब १ बजे अस्पतालमा भर्ना गरिएको हो ।

गृहमन्त्री श्रेष्ठलाई हृदयाघात भएको बताइएको छ । उनलाई ‘माइल्ड हर्ट अट्याक’ भएको उनका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए ।प्रेस सल्लाहकार गिरीका अनुसार श्रेष्ठको मुटुको एउटा भल्ब ‘ब्लक’ भएको थियो । त्यसको अपरेसन गरेर स्टील राखिएको चिकित्सकलाई उद्धृत गर्दै उनले बताए ।अपरेसनपछि गृहमन्त्री श्रेष्ठ आईसीयूमा उपचाररत र अवस्था सुधारोन्मुख रहेको अस्पतालले जानकारी गराएको पनि उनले बताए ।“मुटुको एउटा भल्ब ब्लक भएको रहेछ, अपरेसन गरेर स्टेन राखिएको छ । आईसीयूमा उपचार भइरहेको छ,” उनले बाह्रखरीसित भने, “अवस्था सुधारोन्मुख छ भन्ने बताइएको छ ।”गएको सोमबार गृहमन्त्री श्रेष्ठ सात सदस्यीय टोलीको नेतृत्व गर्दै तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन ९बीआरएफ० मा सहभागी हुन चीन गएका हुन् । उनी बुधबार बीआरएफको उद्घाटन समारोहमा सहभागी भएका थिए ।उनले ‘प्रकृतिसँग सद्भावका लागि हरित सिल्क रोड’ भन्ने नाराका साथ आयोजित साझा विकासका लागि हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्चलाई सम्बोधन गरेका थिए ।