२६ असोज काठमाडौं । इजरायलको युद्धमा फसेका २५३ जना नेपाली विद्यार्थीहरू बिहीबार राति त्रिभुवन विमानस्थलमा झरे । जब उनीहरू विमानस्थलबाट बाहिररहेका थिए, उनीहरूको अनुहारमा खुसी स्पष्ट देखिन्थ्यो । आफन्तहरू भावुक बनिरहेका थिए, खुसीका आँसु बर्साइरहेका थिए ।
उनीहरूमध्ये कोही एक महिना अगाडि मात्र इजरायल गएका थिए त कोही दुई महिना अगाडि ।बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा उनीहरूमध्ये अधिकांशलेउनीहरूले नेपाल एयरलाइन्सलाई पनि धन्यवाद दिन कन्जुस्याइँ गरेनन् । कठिन समयमा पनि आफूहरूको उद्धार भएकोप्रति उनीहरू कृतज्ञ थिए ।कोही अब इजरायल नफर्किने बताइरहेका थिए त कोही बङ्कर बासको अनुभव सुनाइरहेका थिए । कोही इजरायलका आकाशमा देखिएका मिसाइलका झिल्कालाई नेपालमा तिहारमा देखिने आतसबाजीसँग तुलना गरिरहेका थिए ।सकेसम्म नेपालमै बस्ने हो । कोही बेपत्ता रहेका विपीन जोशीको पनि पनि सम्झना गरिरहेका थिए ।असोज २० गते शनिबार प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा परेर १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । इजरायलमा रहेका नेपालीहरूको उद्धारका लागि सरकारले नेपाल एयरलाइन्सको विमान पठाएको थियो ।परराष्ट्रमन्त्री एनपी साउदका अनुसार शवहरू ल्याउन अझै समय लाग्ने भएको छ । उनले इजरायलले कानुनी प्रक्रिया पूरा गरेर शव हस्तान्तरण गरेपछि नेपाल ल्याउन समस्या नरहेको बताए ।अहिले धेरै शवहरू छन्, रुजु गर्ने काम भइरहेको जानकारी हामीलाई दिइएको छ । कानुनी प्रक्रिया पूरा गरेर शव हस्तान्तरण गरेपछि हामी ल्याउँछौँ, साउदले भने ।