२३ असोज, काठमाडौं ।प्रमुख प्रशासकिय अधिकृत कसलाई लैजाने भन्ने विषयमा नेपाली काग्रेसको शिहदरवार भित्र रहेको संसदिय दलको चमेना गृहमा हात हालाहाल भएको छ । रौतहटको कटहरिया नगरपालिकाका प्रमुख अजय प्रकाश प्रमुख प्रशासकीय अधिकृतको विषय लिएर सिंहदरबार पुगे । सिंहदबारभित्र रहेको नेपाली कांग्रेस संसदीय दलको चमेना गृहमा कटहरिया नगर प्रमुख प्रकाश र कटहरिया नगरपालिकाका वडा ५ का स्थानिय दीपक कुमार दुबेबी प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर हातहालाको अवस्था सृजना भयो । नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कसलाई लैजाने भन्ने विषयमा विवाद हुँदा उनीहरुबीच हातहालको अवस्था सृजना भएको हो ।
सामान्य प्रशासन मन्त्रालय कर्मचारी महाशाखाको सहसचिव सुमन दाहालसँगको छलफलमा नगर प्रमुख प्रकाशलले वरिष्ठ कर्मचारी छाडेर पाँचौं तहको कमर्चारीलाई निमित्त रुपमा निर्णय गराउन चाहेको र अन्य कार्यपालिका सदस्यले मेयरको प्रस्तावलाई अस्वीकार गरी नगरपलिकाको वरिष्ठ कर्मचारीलाई नै निमित्तको जिम्मेवारी दिनुपर्ने भन्ने विषयले विवादले हुँदा उनीहरुबीच हातहालाको अवस्था आएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाहिर दुवै पक्षबीच भनाभन सुरु भएको थियो ।कांग्रेसबाट निर्वाचित मेयर अजय प्रकाशले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट नगरपालिकामा कार्यरत पाँचौं तहका कबिर देवानलाई निमित्तको रुपमा लैजान चाहेका थिए । तर, दुबेले सोही पालिकामा अरु नै वरिष्ठ रहेको हुँदा देवानलाई निमित्त दिनुहुन्न भन्ने विषयमा अडान लिए । दुवैबीचको अडानल विवाद सुरु भएको हो ।विवाद चर्किंदै जाँदा हात हालाहालको अवस्थामा मेयरले ज्यान मार्ने गरी दीपक कुमार दुबेको करिब ३० सेकेन्ड जाती घाँटी न्याँक्दा त्यहाँ रहेका व्यक्तिले उनीहरुलाई छुट्याएका थिए ।यो घटना यतिकैमा रोकिएन । नेपाली कांग्रेस संसदीय दलको चमेना गृहमा फेरि दुवै पक्षबीच पुनः भनाभन र हात हालाहाल भएपछि सिंहदरबार प्रहरी सुरक्षा गणको प्रहरी निरीक्षक टोलीले दुवै पक्षलाई नियन्त्रण लिई छलफलका लागि लागेका थिए ।