बाघको आक्रमणमा परी बालक गम्भिर घाइते

786Shares
बाघको आक्रमणमा परी बालक गम्भिर घाइते

२० असोज बर्दिया । बाघको आक्रमणमा परी बर्दियामा एक बालक गम्भिर घाइते भएका छन । जिल्लाको बारबर्दिया नगरपालिका  ३ खुरेखरे वस्तीका प्रेमबहादुर विक र वसन्ती सुनार का   ४  वर्षिय छोरा साहिल सुनार  लाई छिमेकीको घर बाट आफनो घर तर्फ आउदै गर्दा बेलुकी ६ वजेतिर एक्कासी बाघले आक्रमण गरी गम्भिर घाइते बनाएको गाँउका बडघर रत्न नेपालीले बताए । बालकको अहिले कोहलपुर मेडिकल कलेज कोहलपुरमा उपचार चलिरहेको वडाध्यक्ष नन्दलाल थारुले बताए  उनका अनुसार बालकका वुवा रोजगारीको सिलशिलामा भारतमा रहेका छन ।