१७ असोज बर्दिया ।जनजनमा माओवादी, घरघरमा माओवादी भनी नारा दिएर माओवादीले जनतासँग माओवादीः विशेष रुपान्तरण तीन महिने अभियान सुरु गरेको छ । माओवादीले केन्द्रीय समितिका नेताहरुलाई प्रदेश, जिल्ला, स्थानीय निकायदेखि वडा तहबाटै अभियानका लागि खटाइएको छ ।हरेक नेतालाई अन्तर भूगोलमा खटाइएको छ । जसको जुन प्रदेश, जिल्ला, स्थानीय तह छन्, त्यसलाई त्यहाँ नखटाएर फरक फरक भूगोलको जिम्मेवारी दिएर पठाइएको छ । यसै सन्दर्भमा बर्दियामा पनि नेकपा माओवादीले जिल्लाका बिभिन्न कार्यक्रम गरिरहेको छ । त्यसै क्रममा बर्दियाको गुलरियामा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
सविधान सभाका उप सभामुख पुर्णा सुवेदिको उपस्थितिमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । पछिल्लो पटक बर्दिया जिल्ला अस्पतालमा रगतको अभाव देखिएको हुदा यो समस्या हल गर्नका लागी सवैको सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको नेकपा माओवादी केन्द्र गुलरिया नगरकमिटिका अध्यक्ष गेहेन्द्र ढकालले बताए ।