१६ असोज काठमाडौं । इन्जिनियरिङ कलेजका प्राध्यापक र विद्यार्थीबीच ‘विज्ञप्ति–झगडा’ चर्किएको छ ।प्राध्यापकबाट भन्दा आफूहरूले राम्रोसँग जिम्मेवारी पूरा गर्ने भनाइ केही दिनअघि विद्यार्थी नेताहरूबाट आएको थियो । जसको बदलामा प्राध्यापकहरूले ‘जिम्मेवारी लिनू’ भनेका छन् ।
पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापकहरूले आज विभाग चलाउने जिम्मेवारी स्वतन्त्र विद्यार्थी युनियनलाई दिने निर्णय गरेका हुन् । अप्लाइड साइन्स तथा केमिकल इन्जिनियरिङ, सिभिल, आर्किटेक्चरलगायत ६ वटा विभागीय प्रमुखहरूले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो निर्णय गरेका हुन् ।पुल्चोक, थापाथली, पूर्वाञ्चल क्याम्पसलगायतका कलेजका स्ववियू सभापतिहरूको असोज १२ गते विज्ञप्तिको प्रतिक्रिया स्वरुप विभागको कामकाज जिम्मा दिएका हुन् ।ती सभापतिहरूले आफूलाई जिम्मा दिएमा गुणस्तर वृद्धिका साथ क्याम्पस चलाएर देखाउने अभिव्यक्ति दिएपछि प्राध्यापकहरूले यस्तो निर्णय आएको हो । यसै विचइन्जिनियन अध्ययन सस्थान विद्यार्थिलाई जिम्मा लाउने बिभागीय प्रमुखहरुको कदम प्रति अखिल क्रान्तिकारी का उपाध्यक्ष जिपि मैनालीले कडा आपत्ती जनाएका छन । मंगलबार पुल्चोक क्याम्पसका ६ जना विभागीय प्रमुखले विज्ञप्ती निकाल्दै विद्यार्थि संगठनलाई क्याम्पस चलाउन भनेको मा मैनालीले प्रतिवाद गरेका हुन । मैनालीले प्राध्यापकहरुको हैसियत र सोचमाथि पनि प्रश्न उठाएका छन । इन्जिनियरिड अध्ययन संस्थान हो कि एकान्तकुनाको यातायात कार्यालय वस व्यवसायीसंघ ? संचालक समितिका सदस्यहरु जस्ता देखिने थाले पुल्चोक मुख्यालयमा वडे बडे कुर्सिमा वस्नेहरु लाज ढाक्नुस उनले भनेका छन प्रतिष्ठित अध्ययन सस्थान नै बदनाम हुन थाल्यो । गैर जिम्मेवारीपनले हद पार गर्न लागेन र ?
हरेक वर्ष झै प्रवेश परिक्षाका बेला विभिन्न समस्या देखउदै समयमा परिक्षा लिन असफल आईओइ प्रशासन यसपाली पनि महिनौदेखि समस्यामा रुमल्लिएको छ । मैनालीले विभागीय प्रमुखहरुको कदमलाई गैर जिम्मेवारी पनको हद भनेका छन ।