१६ असोज बझाङ । भूकम्पमा घाइते हुनेको संख्या १७ पुगेको छ । एकजना बेपत्ता रहेको बझाङकी सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिइन् । उनका अनुसार दुई महिलाको हात खुट्टा भाँचिएको छ ।केही व्यक्तिलाई अन्यत्र रिफर गरिएको छ । केहीलाई सामान्य उपचारपछि घर फर्काइएको छ