नेपालगञ्जमा कर्फ्यु

57Shares
नेपालगञ्जमा कर्फ्यु

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि बाँकेको नेपालगञ्जमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ ।हिन्दुहरुको समूह आज नेपालगञ्जमा भेला भएर प्रदर्शनमा उत्रिएको छ । त्यसमा झडप हुन सक्ने र सदभाव विग्रिने संकेत देखिएपछि कर्फ्यु जारी गरिएको हो । सम्भावित तनावलाई मध्यनजर गर्दै नेपालगञ्जमा आज बिहान सदभाव र्यालीसमेत निकालिएको थियो । हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यु जारी गरिएको हो ।