गर्भ फाल्नुपर्छ भन्दै औषधि खुवाउने सुरेन्द्र पक्राउ

762Shares
गर्भ फाल्नुपर्छ भन्दै औषधि खुवाउने सुरेन्द्र पक्राउ

१६ असोज प्युठान । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले २९ वर्षीय सुरेन्द्र बिकलाई पक्राउ गरेको छ ।

२८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रोल्पाको रोल्पा नगरपालिका–३ खुमले बस्ने सुरेन्द्रलाई आइतबार दिउँसो प्रहरीले प्युठानमा पक्राउ गरेको जनाएको छ ।बिकले ती महिलालाई गत भदौ १४ गते दिउँसो स्वर्गद्वारी नगरपालिका–४ भिंगृ बजारस्थित ए वन रेष्टुरेण्टमा खाजा खान लगेर जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा परेको छ ।रेष्टुरेण्टमा बस्न लगाएर जबरजस्ती करणी गरेपछि गर्भ फाल्नुपर्छ भन्दै ललाई फकाई थाहा नभएको औषधि सेवन गर्न दिँदा गर्भ खेर गएको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भिंग्रीबाट खटिएको प्रहरीले सुरेन्द्रलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।