अध्यक्षका लागी तयारी गरिरहेको छु : सचिव ढकाल

66Shares
अध्यक्षका लागी तयारी गरिरहेको छु : सचिव ढकाल

दीपक शर्मा
१५ असोज बर्दिया । नेकपा एमालेको यतिखेर प्रदेश स्तरिय निर्वाचन चलिरहेको छ । धेरै जसो प्रदेशमा नया नेत्रृत्व आइसकेको छ । प्रदेशको निर्वाचन सकिए लगत्तै जिल्ला निर्वाचनको मिति घोषणा हुदै छ । यसका लागी तयारी पनि तिव्र गतिमा बढिरहेको छ । बर्दियामा पनि मसीर महिना भित्र नेकपा एमालेको जिल्ला कमिटिको निर्वाचन हुने पक्का छ । मंसीरको अन्तिम हप्ता भित्र नेकपा एमाले बर्दियाले नया नेत्रृत्व पाउने भएको छ । यसको लागी तयारी पनि चलिरहेको छ । देशमा युवाको नेत्रृत्वको आवश्यकताको भैरहेका बेला नेकपा एमाले जिल्ला कमिटिका सचिव पदम ढकालले यस पटकको नेत्रृत्वको लागी तयारी गरिरहनु भएको छ । अव युवा पुस्तालाई जिम्मेवारी बनाउन आवश्यक भएको नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको भनाई सार्वजनिक भैरहेकाबेला पाटिका युवा नेता पदम ढकालले उम्मेदवारीको घोषणा गर्नु युवा पुस्ताका लागी अवसरको रुपमा हेरिएको छ । सानो उमेर देखि नै राजनितिमा रुचि राख्ने ढकाल क्याम्पस अध्ययन गर्दा होस वा २०६2/ ६३ सालको ऐतिहासिक जनआन्दोलनका बेला पनि अग्र मोर्चामा खटिदै आउनु भएको छ । नेकपा एमालेले गएको प्रतिनिधि सभा र स्थानिय तहको निर्वाचनमा नतिजा सोचे जस्तो नआएपनि सन्तोषजनक अवस्था देखिएको थियो । तर प्रतिनिधि सभा र प्रदेश सभामा गठबन्धन दलसंग भिडदा अपेक्षाकृत नतिजा नआएपनि पार्टिलाई तथा सुधार गर्दै लैजानु पर्छ भन्ने सन्देश दिएको थियो । पदम ढकालले आफु अध्यक्षका लागी योग्य भएको बताउदै ढकालले आगामी दिनमा नेत्रृत्व गर्ने अवस्था रहेको खण्डमा पाटिलाई एक ढिक्का बनाउनुका साथै जनताको मन मनमा वस्नका लागी जनताकै आवाजलाई बुलन्द गर्दै जाने बताउनु भयो ।