१५ असोज दाङ । पोखराबाट सुर्खेत जाँदै गरेको वस दाङमा दुर्घटनामा परेको छ । दुर्घटनामा परी १४ जना यात्रु घाइते भएका छन ।
ग१ख ८४८५ नम्बरको यात्रुबाहक बस दाङमा दुर्घटना हुँदा १४ यात्रु घाइते भएका हुन। पूर्व–पश्चिम राजमार्गको बबईसोता पुलको ‘साइड’मा बस दुर्घटनामा परेको हो ।
बस सडकदेखि १० मिटर तल खसेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले बताए । घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ । सवारी चालक रामेछाप सुनपति गाउँपालिका–३ निवासी ३३ वर्षीय रामकृष्ण खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।