काठमान्डौ सिनामंगलमा डाक्टर कुटिए

33Shares
काठमान्डौ सिनामंगलमा डाक्टर कुटिए

१४ असोज, काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा अध्ययनरत चिकित्सकमा हातपात भएको छ । बिरामीका आफन्तले उनीमााथि कुटपिटसमेत गरेका छन् । आन्दोलनरत चिकित्सकहरूसँग सरकारले सहमति गरेको भोलीपल्ट नै राजधानीमा पुनः डाक्टरमाथि हातपमात भएको हो ।
केएमसीमा डाक्टर कुटिएपछि अस्पतालका स्वास्थ्यकर्मीहरूको विरोध प्रदर्शन सुरु गरेका छन् । केएमसीका अनुसार ओपीडीमा कार्यरत एक इन्टर्न माथि बिरामीका आफन्तहरूले हातपात गरेसँग त्यहाँ कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले विरोध प्रदर्शन सुरु गरेका हुन् ।
इन्टर्न चिकित्सकले ओपीडीमा जम्मा भएर हल्लाखल्ला नगर्न र बाहिर गएर पर्खन भनेपछि एक बिरामीका आफन्तले ती चिकित्सकलाई गाली गर्दै कुटपिट गरेका थिए । चिकित्सकलाई जोगाउन गएकी एक महिला कर्मचारीमा पनि हातपात गरेका छन् ।चिकित्सकमाथि हातपात गर्नेमध्ये एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अरु ३ जना फरार भएका छन् । केएमसीका चिकित्सक तथा इन्टर्नहरूको विरोध प्रदर्शन चक्रपथतर्फ अगाडि बढ्ने भएपछि त्यहाँ ठूलो मात्रामा प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरेर उनीहरूलाई रोक्ने प्रयास भइरहेको छ ।