विश्वकै स्वच्छ हावा भएको सहर, जनसंख्या १५० मात्र

75Shares
विश्वकै स्वच्छ हावा भएको सहर, जनसंख्या १५० मात्र

१२ असोज काठमान्डौ । आर्कटिक महासागर छेउमा नर्वेका स–साना टापुहरू छन्। यसै टापु रहेको स्भाल्बारस्थित स्पिट्स्बर्गनको ब्रोगर्हाल्भोया प्रायःद्वीप संसारकै सबैभन्दा स्वच्छ हावा भएको सहर हो।

यो सहरको अझै रोचक विषय त के छ भने यहाँको जनसंख्या ४५ देखि १५० मात्रै हो। जाडो याममा ४५ र गर्मीयाममा १५० भन्दा बढी यहाँ बस्दैनन्।सहरको छेउमा ५५६ मिटर अग्लो जेपेलिन्फेलेट पर्वत छ। यसले सहरलाई अझै सुन्दर बनाएको छ। यसलाई संसारको सबैभन्दा उत्तरमा रहेको मानवको स्थायी बसोबास भएको ठाउँ पनि भनिन्छ। यो उत्तरी धु्रवबाट करिब १ हजार २३१ किलोमिटर पर छ।यहाँ बसोबास गर्ने मानिस भनेका अधिकांश यही कारणले अनुसन्धान गर्न पुग्ने वैज्ञानिकहरू हुन्। सन् १९८९ मा त्यहाँ जेपेलिन्फेलेट पर्वत क्षेत्रको ४७२ मिटर उचाइ भएको ठाउँमा प्रदूषण नाप्ने स्टेसन बनाइएको थियो।संसारका अन्य भागबाट प्रदूषणका कण आएर बेलाबेला यहाँको हावापानीमा मिसिए पनि यो क्षेत्र अझै पनि मानव क्रियाकलापका कारण वातावरणमा फैलिने धेरै प्रदूषणबाट जोगिएको छ।अनौठो कुरा के हो भने यो ठाउँ पहिला यति स्वच्छ थिएन। एक अनुसन्धानका अनुसार सन् १९१६ र १९६२ को बीचमा यो ठाउँमा कोइलाखानी थियो। तर, त्यहाँ भएको एक दुर्घटनामा २१ जना मजदुरको ज्यान गएपछि सहर खाली गराइयो र खानी बन्द भयो।अचेल यहाँबाट कोइला होइन तथ्यांक उत्खनन हुन्छ। यहाँका बासिन्दा फ्रान्स, जर्मनी, ब्रिटेन, इटली, नर्वे, जापान, दक्षिण कोरिया र चीन आदि देशबाट आएका अनुसन्धानकर्ताहरू हुन्। एजेन्सी ।